पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै - मध्यपुर युथ एसोसिएशनले आयोजना गरेको ग्रासरुट फुटबल अभियानकाे उद्घाटन भएको छ । मध्यपुर थिमिमा रहेकाे एसोसिएशनको कार्यालयमा आज मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले अभियान उद्घाटन गर्नुभएकाे हाे ।
एसोसिएशनका अध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान उपेन्द्रमान सिंहले यो अभियान अन्तर्गत सुरुवातमा साप्ताहिक रुपमा आधारभूत फुटबल प्रशिक्षण दिने, लिग प्रतियोगिता सञ्चालन गर्ने र क्षमतावान् खेलाडीलाई एकेडेमीमै राखेर थप प्रशिक्षणको व्यवस्था मिलाइने जानकारी दिनुभयो । अहिले साप्ताहिक रुपमा हरेक शनिवार डेढ घण्टाका दरले फुटबल सिकाइने र अहिले ६ देखि १३ वर्षसम्मका १ सय १० जना बालबालिका रहेको एसोसिएशनले जनाएको छ ।
उनीहरुलाई उपेन्द्रमान सिंह, राष्ट्रिय रुपमा सर्वाधिक सफल एवम् ख्यातिप्राप्त प्रशिक्षक बालगोपाल महर्जन, राष्ट्रिय टिमका पूर्वकप्तान राकेश श्रेष्ठ, राष्ट्रिय टिमका पूर्व रक्षक तथा प्रशिक्षक राजेश मानन्धरसहित थप १२ जना प्रशिक्षकले प्रशिक्षण दिनुहुनेछ ।
प्रशिक्षण वर्षभरि नै सञ्चालन गर्ने लक्ष्य रहे पनि वर्षाका कारण २ महिना सञ्चालन गर्न कठिनाइ हुने देखिएको अध्यक्ष सिंहले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।