पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण पेस गर्न संस्थागत विद्यालयलाई दोस्रो पटक पत्राचार गरेको छ ।
पहिलो पटक सूचना प्रकाशित गर्दा पनि विवरण पेस नगर्ने विद्यालयलाई उपमहानगरले दोस्रो पटक सूचना निकालेर ताकेता गरेको उपमहानगरको शिक्षा महाशाखाले जनाएको छ ।
तुलसीपुर उपमहानगरभित्र ६५ वटा संस्थागत विद्यालय रहेकोमा २९ वटा विद्यालयले मात्रै छात्रवृत्ति विवरण पेस गरेको शिक्षा महाशाखाका प्रमुख चक्र भण्डारीले जानकारी दिनुभयो । प्रमुख भण्डारीले विवरण पेस नगरेका विद्यालयको नाम यही जेठ ३२ गते सार्वजनिक गर्ने पनि बताउनुभयो ।
निर्धारित समयभित्र विवरण पेस नगरेमा विभागीय कारबाही तथा विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति दुवै रद्द गरिदिने उपमहानगरपालिकाले चेतावनी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।