‘आलु, प्याजमा भ्याट लगाउनु अन्यायपूर्ण’

 जेठ २९, २०८० सोमबार १०:३३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कृषिउपज आलु प्याज आयत निर्यात तथा थोक बिक्रेता सङ्घले आर्थिक ऐन २०८० अन्तर्गत आलु तथा प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउनु अव्यावहारिक भएको बताएको छ । सोमवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी सङ्घले भान्सामा दिनहुँ प्रयोग हुने अत्यावश्यक वस्तुहरू आलु तथा प्याजको कारोबारमा भ्याट लगाउनु उपयुक्त नभएको बताएको हो । 

पत्रकार सम्मेलनमा सङ्घका महासचिव प्रकाश गजुरेलले सरकारले जेठ १५ गते प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष २०८०/८१ बजेट वक्तव्यको एक बुँदा र सँगै प्रस्तुत भएको आर्थिक ऐन २०८० ले व्यवसाय तथा उपभोक्तालाई समेत प्रतिकूल असर पर्ने बताउनुभयो । उहाँले देशमा महँगी बढिरहेको बेला आलु, प्याजजस्ता अत्यावश्यक कृषिजन्य सामग्रीमा भ्याट लगाउनु भनेको सामान्य व्यक्तिलाई जीवन निर्वाह गर्न अझै कठिन बनाउनु भएको जिकिर गर्नुभयो ।  

महासचिव गजुरेलले अहिले आलु, प्याजमा नाै प्रतिशत कृषि सेवा शुल्क र अग्रिम आयकर पाँच प्रतिशत गरी १४ प्रतिशत कर तिर्दै आएको पनि बताउनुभयो । उहाँले यस्तो अवस्थामा थप १३ प्रतिशत कर बुझाउनु भनेको प्रत्यक्ष वा अप्रत्यक्षरूपमा दैनिक भान्सामा लाग्ने खर्च बढाउनु रहेको जिकिर गर्नुभयो । यस्तो नीतिले व्यवसाय सङ्कुचित हुने र १३ प्रतिशत भ्याट लगाउँदा आलु, प्याज एक तिहाइले महँगिने उहाँकाे भनाइ छ ।

सङ्घले आलु तथा प्याजको कारोबारमा भ्याट आकर्षित गर्नु अनुचित, अव्यावहारिक, अनावश्यक, अन्यायपूर्ण र महँगीलाई मलजल गर्ने काम भएकाे भन्दै आर्थिक ऐन २०८० बमोजिम आलु तथा प्याजमा भ्याट आकर्षित गर्ने उपभोक्ता हित विरोधी काम नगर्न सरकारसँग आग्रह गरेको छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Buddhi bastola

    June 12, 2023, 1:03 p.m.

    आयातित बस्तुलाई निरुत्साहित गर्न खोजेको हो सरहरु नेपालमानै उत्पादितलाई लगाएको छैन होलानी भ्याट हैन र

  •  0 Reply

तपाईको प्रतिक्रिया