आजियाटा र एनसेलद्वारा आईसीएसआईडीको मध्यस्थतासम्बन्धी निर्णय प्राप्त

 जेठ २९, २०८० सोमबार १३:७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आजियाटा र एनसेलले आईसीएसआईडीकाे मध्यस्थतासम्बन्धी निर्णय प्राप्त गरेकाे छ ।

आजियाटा यूकेले सन् २०१६ मा एनसेलको ८० प्रतिशत शेयर अप्रत्यक्षरूपमा अधिग्रहण गर्दा नेपालले लगाएको पुँजीगत लाभकर सम्बन्धमा मध्यस्थता गरिदिन दिएको  निवेदनका  सम्बन्धमा  आईसीएसआईडीले आफ्नो मध्यस्थता कारबाहीसम्बन्धी दिएकाे निर्णय प्राप्त भएकाे विज्ञप्तिमा उल्लेख छ । 

‘आईसीएसआईडी कम्भेन्सनको धारा ३७ (२) (बी) अनुसार गठन भएको न्यायाधिकरणले २०८० जेठ २६ गते आजियाटा यूके र एनसेलले गरेको दाबी खारेज गर्दै आफ्नो निर्णय दिएको हो । न्यायाधिकरणले आफ्नो निर्णयमा अब नेपालले यस कारोबारसँग सम्बन्धित कुनै पनि कर, दस्तुर, जरिबाना वा ब्याज माग गर्न नपाउने सङ्केत गरेको छ । मध्यस्थता प्रक्रियाको प्रारम्भिक चरणमा नेपालले न्यायाधिकरणको आदेशको पालना नगरेको कारणले गर्दा आजियाटा यूके र एनसेललाई निश्चित रकम भुक्तानी गर्न पनि नेपाललाई आदेश दिइएको छ । यस्तो रकममा आजियाटालाई र एनसेलले लिएको ऋण फिर्ता गर्नेसमेत गरी झन्डै १४ लाख अमेरिकी डलर रहेको छ । यो निर्णयअनुसार अब आजियाटा यूके र एनसेलले कुनै रकम तिर्न बाँकी रहेको छैन’, विज्ञप्तिमा भनिएकाे छ ।

यस्तै एनसेलले लाभकर सम्बन्धमा अन्तर्राष्ट्रिय अदालतबाट भएको निर्णयको सम्मान गर्ने पनि जनाएको छ । ‘आजियाटा न्यायाधिकरणको निर्णयलाई सम्मान गर्दछ र निर्णयका सम्बन्धमा आफ्ना कानुनी सल्लाहकारहरूसँग परामर्श गरिरहेको छ । यस विषयमा अद्यावधिक जानकारीहरू पछि घोषणा गरिनेछन् । आजियाटा आईसीएसआईडी र प्रक्रियामा संलग्न सबै सहभागीलाई धन्यवाद ज्ञापन गर्दछ र नेपाल सरकारसँग सदा झैँ रचनात्मकरूपमा संलग्न रहनेछ’, विज्ञप्तिमा उल्लेख छ ।

आजियाटा र एनसेलले नेपालको आर्थिक, सामाजिक विकासका लागि योगदान पुर्‍याएकाे पनि जनाइएकाे छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया