नवलपरासीकाे अरुणखाेलामा डुबेर शिक्षककाे ज्यान गयाे

 जेठ २९, २०८० सोमबार १६:४३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नवलपरासी (बर्दघाट सुस्तापूर्व) को अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको ज्यान गएकाे छ ।

मध्यबिन्दु नगरपालिका–१४ बतासामा रहेकाे अरुणखोलाको मुखेढुङ्गा पानीको दहमा पौडी खेल्ने क्रममा डुबेर देवचुली नगरपालिका–१५ प्रगतीनगर घर भएका ३० वर्षीय कृष्ण सुवेदीको ज्यान गएकाे हाे । 

मृतक सुवेदी मध्यबिन्दु नगरपालिका–१० मा रहेकाे जनता माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्याे । सुवेदीसहित स्कुलका सातजना शिक्षक पौडी खेल्न खोलामा गएकामा उहाँकाे डुबेर ज्यान गएकाे हाे ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया