सिन्धुलीमा कमला खोलाले बगाएर एक जनाको ज्यान गयाे

 जेठ २९, २०८० सोमबार १७:१२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सिन्धुलीमा खोलाले बगाएर एक जनाको ज्यान गएकाे छ । कमलामाई नगरपालिका-१३ माथिल्लो रानिबासका ६९ वर्षीय पूर्णप्रसाद दाहालको आज कमला खोलाले बगाएर ज्यान गएकाे हाे ।

आज बिहान माथिल्लो रानिबासबाट कर्णबहादुर कार्की र दाहाल गोरु किनेर मडाहाबाट फर्कँदै गर्दा खोला तर्ने क्रममा दाहाललाई बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभएको छ ।

कमलामाई नगरपालिका-१४ खिरखिरे चन्दनपुरबाट दाहाललाई बगाएपछि छिमेकी कार्कीले तत्काल प्रहरी र स्थानीयलाई खबर गर्नुभएकाे थियाे । बगाएको ठाउँबाट करिब २ किलोमिटर तलबाट उहाँकाे शव फेला पारिएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया