पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – आईएमई लिमिटेड २३ औँ वर्षमा प्रवेश गरेकाे छ । २३ औँ वर्ष प्रवेशको अवसरमा आईएमईले सोमवार काठमाण्डाैमा विशेष कार्यक्रमको आयोजना गरेको छ । ‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका साथ मनाइएको समारोहमा आईएमई लिमिटेड तथा आईएमई ग्रुपका उपाध्यक्ष, आबद्ध कम्पनीहरूका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन प्रमुखहरूलगायतकाे उपस्थिति थियो ।
कार्यक्रममा आईएमई ग्रुपका सह-संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले आईएमईको व्यावसायिक यात्राको स्मरण गर्दै यस यात्रामा निरन्तर सहयोग गर्ने सेवाग्राही, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियमनकारी निकाय, व्यावसायिक साझेदार, कर्मचारीलगायत सबै शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्नुभयो । उहाँले अत्याधुनिक प्रविधिको प्रयोग गरी रेमिट्यान्स सेवालाई अझ परिष्कृत, सहज र सुरक्षित बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयाे । प्रबन्ध निर्देशक ढकालले वैधानिक माध्यमबाट रेमिट्यान्स भित्र्याई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आईएमई प्रतिबद्ध रहेको र आफ्ना व्यवसायलाई थप विविधीकरण गर्दै लगानी विस्तार गर्ने उल्लेख गर्नुभयो ।
आईएमई लिमिटेडका सञ्चालक तथा आईएमई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले डिजिटल अर्थतन्त्रको इकोसिस्टम प्रर्वद्धन गरी फिनचेकको अधिकतम उपयोग गर्दै रेमिट्यान्स सेवालाई थप परिष्कृत, सरल र विविधीकरणतर्फ लैजाने बताउनुभयो ।
आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई आफ्नो मुख्य कार्यदिशा बनाई सेवा प्रवाह गरिरहेको आईएमई आफ्ना विविधिकृत सेवाको माध्यमबाट आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्षरूपमा जोडिँदै अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा कम्पनीमा १० वर्षभन्दा लामो समयदेखि सेवारत कर्मचारी तथा लामो समयदेखि कम्पनीमा आबद्ध भएका एजेन्टहरूलाई सम्मान गरिएको थियो । त्यसैगरी वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको अन्तरकम्पनी खेलकुद सप्ताहका विभिन्न प्रतिस्पर्धाका विजेता र उपविजेताहरूलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो ।
कलाकार तथा कम्पनीका ब्रान्ड एम्बेसडरद्वय दीपकराज गिरी र दीपाश्री निरौलाको समेत सहभागिता रहेको कार्यक्रममा कमेडियन सुमन कार्कीको हास्य प्रस्तुति तथा कम्पनीका कर्मचारीको विभिन्न सांस्कृतिक प्रस्तुति रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।