रक्तदातालाई धन्यवाद दिन आज विश्व रक्तदाता दिवस मनाइँदै

 जेठ ३१, २०८० बुधबार ७:५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज विश्व रक्तदाता दिवस, ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ मनाइँदैछ ।

सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारे सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्न हरेक वर्षको जुन १४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । आजको दिनलाई रक्तदातालाई धन्यवाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ ।  रक्तदातालाई प्रोत्साहन गर्न नसक्दा हरेक वर्ष रगतको अभाव हुने गरेको छ ।

नेपाल रेडक्रस, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका अनुसार नियमित रुपमा रक्तदानका कार्यक्रम हुन सकेको छैन । यही कारण रगतको अभाव देखिने गरेको केन्द्रका उपनिर्देशक डाक्टर प्रकाशकुमार यादवले बताउनुभयो । रक्तदाताको अभावमा सङ्घ संस्था तथा क्लबहरुले पनि कार्यक्रम गर्ने क्रम घटेको छ ।

आफूले रगत दान गरे पनि आफूलाई चाहिएको बेला रगत नपाउने समस्यालगायतका कारण कतिपय रक्तदाताले रगत दानलाई नियमित गर्ने गरेका छैनन् । रगतदानका लागि सचेतनामूलक कार्यक्रम नहुँदा र रक्तदातालाई प्रोत्साहन गर्न नसक्दा हरेक वर्ष रगतको अभाव हुने गरेको छ । 
 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया