सुर्तीजन्य पदार्थको करबापतको सबै रकम स्वास्थ्य मन्त्रालयले पाउनु पर्छ : मन्त्री बस्नेत

 जेठ ३१, २०८० बुधबार १७:३४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थको करबापत सङ्कलन भएको सबै रकम आफ्नो मन्त्रालयले पाउनुपर्ने दाबी गर्नु भएको छ । बुधवार आज प्रतिनिधि सभाकाे बैठक अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री बस्नेतले ६ अर्ब रुपैयाँ बजेट नै कानुनी रुपमा आफ्नो मन्त्रालयले पाउनुपर्ने दाबी गर्नु भएकाे हाे। 

ऐन, कानुन र नियमावलीमा सुर्तीजन्य पदार्थको करबापत उठेको रकम स्वास्थ्य मन्त्रालयले नै पाउनुपर्ने उल्लेख भए पनि त्यसअनुसार बजेट विनियोजन नभएकाे उहाँले बताउनु भयाे । उहाँका अनुसार सुर्तीजन्य पदार्थको करबाट अहिले ६ अर्ब रुपैयाँ रकम उठेको छ । याे मध्ये सरकारले बजेटमा ४० करोड रुपैयाँ मात्रै स्वास्थ्य मन्त्रालयलाई विनियोजन गरेको छ ।

उहाँले याे बजेट मन्त्रालयलाई उपलब्ध गराए दरबन्दीसम्बन्धी सबैभन्दा ठूलो समस्या हल गर्दै लैजान सकिने बताउनु भयाे । दरबन्दीकै अभावमा अहिले नागरिकले उचित ढङ्गले स्वास्थ्य सेवा पाउन नसकिरहेको उहाँले बताउनु भयाे । मन्त्री बस्नेतले त्यसको उचित व्यवस्थापनका लागि पनि सुर्तीजन्य पदार्थको करबापत उठेको रकम आफ्नो मन्त्रालयलाई दिन जरुरी रहेको बताउनु भयो । त्यसो गर्न सके दरबन्दी पूर्तिका लागि बजेटको अभाव नहुने उहाँकाे दाबी छ । 

मन्त्री बस्नेतले बजेट आफ्नो मन्त्रालयले पाए स्वास्थ्य क्षेत्रमा देखिएको ४० प्रतिशत समस्या समाधान गर्न सकिने बताउनु भयो । उहाँले भएका दरबन्दीहरुको पनि उचित व्यवस्था हुन नसकिरहेको स्वीकार गर्दै त्यो समस्या समाधान गर्नका लागि आफू प्रतिबद्ध रहेको बताउनु भयो ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया