पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
पाँचथर – पाँचथरमा कीर्ते कागजात बनाएर भारतीय नागरिकले नेपाली नागरिकता लिन खोजेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–१ का ६४ वर्षीय गंगाप्रसाद आङदेम्बे र भारत असामका उनका झट्केलो छोरा २२ वर्षीय समित आङ्देम्बे रहेका छन् ।
उनीहरु नागरिकता बनाउन चाहिने विभिन्न कागजात पुर्याएर जिल्ला प्रशासन पुगेका थिए । जिल्ला प्रशासनका अनुसार उनीहरुले पटक/पटक नागरिकता बनाउनका लागि प्रयास गरेका थिए ।
गङ्गाकी श्रीमतीको पहिलो विवाह भारतीय नागरिकसँग भएको थियो । गङ्गासँग दोश्रो विवाह गरेकी उनको श्रीमतीको केही वर्ष अगाडि अङ्गीकृत नागरिकता बनेको थियो । झट्केलो छोरोलाई नागरिकता बनाउन विभिन्न प्रयास गरेपछि उनी पक्राउ परेका हुन् ।
उनीहरुले पेस गरेको शैक्षिक प्रमाणपत्र माँझीटार आधारभूत विद्यालय हिलिहाङको रहेको छ । पेस भएको कक्षा–७ को शैक्षिक प्रमाणपत्रमा निधन भइसकेका प्रअको हस्ताक्षर रहेकाे खुल्न आएको प्रहरी जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।