ओमानले नेपाललाई दियाे २ सय ६८ रनकाे लक्ष्य, साेमपालले लिए ५ विकेट

 जेठ ३२, २०८० बिहीबार १६:१०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप छनोटअघि अभ्यास खेलमा ओमानले नेपाललाई २ सय ६८ रनकाे लक्ष्य दिएकाे छ ।

जिम्बावेकाे हरारेमा टस जितेर पहिले ब्याटिङ गरेकाे ओमान ४९ ओभर २ बलमा २ सय ६७ रनमा अलआउट भयाे । ओमानका जेशान मक्सूदले १ सय ९ रन बनाए । बलिङतर्फ नेपालकाे साेमपाल कामीले ५ र सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै करण केसी र प्रतिश जिसीले १/१ विकेट लिए ।

यसअघि अस्ति मङ्गलवार भएकाे अभ्यास खेलमा नेपाल यूएईसँग पराजित भएकाे थियाे । यसअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

विश्व कप छनोट प्रतियोगिताको समूह 'ए' मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह 'बी' मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । यो प्रतियोगिता असार ३ देखि २४ गतेसम्म जिम्बावेमा हुनेछ । दुवै समूहका शीर्ष तीन टोली 'सुपर सिक्स' मा पुग्नेछन् ।

'सुपर सिक्स' मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले विश्व कपमा स्थान बनाउनेछन् ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया