महानगरले बन्द गरायो भृकुटीमण्डपको शैक्षिक मेला, नतिजा नआउँदै विद्यार्थी भर्नाको व्यापार गरेको आरोप

 जेठ ३२, २०८० बिहीबार १७:१३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैकाे भृकुटीमण्डपमा आज बिहीवारदेखि सुरु भएको शैक्षिक मेला काठमाण्डौ महानगरपालिकाले बन्द गराएको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को नतिजा नआउँदै विद्यार्थी भर्नाका लागि तान्ने उद्देश्यले मेला आयोजना गरेको भन्दै महानगरले बन्द गराएको हो । माध्यमिक विद्यालय सङ्घ (हिसान) ले आयोजना गरेको मेला बन्द गर्न महानगरको शिक्षा विभागका अधिकारीहरू नगर प्रहरीसहित भृकुटीमण्डपमा पुगेका थिए । प्रहरीले मेलाका केही स्टल हटाइदिएका छन् ।

परीक्षाको नतिजा नै प्रकाशित नभएको अवस्थामा मेलामार्फत विद्यार्थी र अभिभावकलाई झुक्याउने र लोभ्याउने काम भएपछि मेला बन्द गरेको महानगरले जनाएको छ । मेला असारको ३ गतेसम्म चल्ने तालिका थियो । महानगरले मेला बन्द गराएसँगै हिसानको आकस्मिक बैठक बस्न लागेको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया