'माउन्ट केटु' आरोहणमा पूर्णिमा श्रेष्ठलाई आईएमई र आईएमई पेको साथ

 जेठ ३२, २०८० बिहीबार १८:३०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाकिस्तानको काराकोरम क्षेत्रमा रहेकाे आठ हजार मिटरभन्दा माथिका पाँच वटा हिमाल चढ्ने पूर्णिमा श्रेष्ठकाे अभियानमा आईएमई र आईएमई पेले आर्थिक सहयाेग गर्ने भएकाे छ । 

पूर्णिमाको प्रयासलाई सम्मान तथा साथ दिँदै आईएमई र आईइएमई पेले आर्थिक सहयोग गर्ने भएको हाे । विश्वका सबैभन्दा अग्लाे १४ वटा शिखर चढ्ने लक्ष्य राखेकी पूर्णिमाले काराकोरम हिमशृङ्खलाको पाँच वटा विभिन्न शिखर आरोहण गर्ने क्रममा विश्वको दोस्राे अग्लो हिमाल माउन्ट केटु  पनि आरोहण गर्न लाग्नुभएकाे हाे ।

संसारको १४ उच्च शिखर आरोहण गर्ने नेपाली नारी हुने तथा युवा तथा महिला सशक्तीकरण गर्ने लक्ष्यका साथ पूर्णिमाले आफ्नो यो आरोहण यात्रा सुरु गर्नुभएकाे हाे । फोटो पत्रकारसमेत रहेकी पूर्णिमाले छ वर्षअघि पर्वतारोहणको यात्रा सुरु गर्नुभएकाे हाे । उहाँले नेपालमा रहेका आठ हजार मिटरमाथिका सात वटा शिखर आरोहण गरिसक्नुभएकाे छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया