पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – आज विश्व खडेरीविरुद्धको संघर्ष दिवस ‘उनको हात, उनको अधिकार’ नाराका साथ मनाइँदैछ । बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्न सन् १९९५ देखि हरेक वर्ष जुन १७ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिएको छ ।
भूमिको स्वामित्वमा महिलाको समान अधिकारलाई पैरवी गर्न तथा लैगिंक समानता र भूक्षय तटस्थताको लक्ष्य सन् २०३० सम्म प्राप्त गर्न यस वर्षको नारा र उदेश्य केन्द्रित छ । यो दिवसले खाद्य सुरक्षादेखि वातावरणीय मुद्दा, जलवायू परिवर्तन, भू–संंरक्षणलगायत विभिन्न विषयमा सन्देश प्रवाह गर्दै आएको छ ।
जमिनको खण्डीकरण र मानवीय व्यवहारका कारण जलवायु परिवर्तनलाई सहयोग पुगेको छ भने, त्यसको असर प्रकृतिक सम्पदा तथा मानव समुदायमा पर्न थालेको छ । पछिल्ला वर्ष नेपालमा पनि जलवायू परिवर्तनको असरसँगै खडेरी बढ्दो छ । खडेरीलाई प्राकृतिक असरका रुपमा पनि व्याख्या गर्ने गरिएको छ । स्थानीय मौसममा फेरबदल हुँदा भूमिको उत्पादक क्षमता घटेर उर्वर भूमि क्रमशः अनुत्पादक हुन थालेका छन् । संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्य पूरा गर्नका लागि पनि यो दिवस महत्वपूर्ण मानिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।