म ठूला कुरामा मात्रै बोल्छु, साना कुरामा बोल्न भ्याउँदिनँ : रवि लामिछाने

 असार २, २०८० शनिबार १९:५३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार नियन्त्रण आफ्नाे पार्टीकाे लक्ष्य रहेकाे बताउनु भएकाे छ । शनिवार आज काठमाण्डाैमा आयोजित एक कार्यक्रममा उहाँले सबै भ्रष्टाचारीहरुलाई कारबाहीकाे दायरमा ल्याउनु पार्टीकाे उद्देश्य भएकाे बताउनु भएकाे हाे । 

साथै, उहाँले पार्टीलाई दुई तिहाइमा लैजानुपर्ने भएकाले अब साना कुरामा आफू नबोल्ने दाबी गर्नुभएकाे छ । उहाँले अब आफू सधैँ ठूला कुरामा मात्रै बोल्ने र साना कुरामा बोल्ने समय आफूसँग नरहेको बताउनु भएकाे हाे । उहाँले साना कुराहरु पार्टीका अन्य नेताहरु बोल्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामी यो यात्रालाई अविरल अघि बढाउन चाहन्छौँ । नयाँ छौँ थाहा छ, सिक्ने कुरा धेरै छन् । विचार छैन भन्छन्, विचारका बारेमा कुरा पछि गरौँला । संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरुलाई छानी छानी कानुनी दायरामा ल्याउने विचार छ ।’

लामिछानेले नागरिकले आफ्नो पार्टीबाट चाहेको पहिलो काम भ्रष्टाचार नियन्त्रण रहेकाले आफूहरु लक्ष्य प्राप्तिका लागि लडिरहने बताउनु भयो । उहाँले आफ्नो पार्टीमा संलग्न भ्रष्टाचारीहरुलाई पार्टीबाट निस्कासित गरी उनीहरुले जितेका निर्वाचन क्षेत्रमा चुनाव गर्ने व्यवस्था गर्न चुनौती समेत दिनुभयो । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dipak prasad ghimire

    June 17, 2023, 8:25 p.m.

    तपाइले जसरी tv मा साना कुरा उठायर यस ठाउँ मा आउनु भयको हो।अब पनि साना कुरामा ध्यान दिनु पर्छ। विद्यालय कर्मचारीको बारे अन्याय भयको छ।आवाज उठाइ दिनुहोस।

  •  0 Reply

तपाईको प्रतिक्रिया