पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै - निरन्तरको वर्षासँगै आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् ।
हेवा खोलामा आएको बाढीले फिदिम र फालेलुङमा गरी ६ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । हेवा खोलाको बाढीमा हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता हुनुभएको छ । तामाङ र लोवा हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत हुनुहुन्छ ।
त्यस्तै, बाढीले फिदिम–४ हेवाखोलामा गिट्टी कुटेर गुजारा चलाउँदै आएका एक जना, फालेलुङ–३ मा एक जना र फिदिम–४ माँझीटारमा दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिनुभएको छ । बेपत्ताहरूको परिचय खुल्न बाँकी छ । उनीहरुको खोजी भइरहेको छ ।
बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जोड्ने हेवा खोलाकाे पुल बगाएको छ । यस्तै, फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
यस्तै, याङ्वरक गाउँपालिका ३ र २ मा केही घर बगेका छन् । यसबारे क्षतिको विवरण आउन बाँकी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।