रुपन्देहीमा झन्डै दुई केजी सुनसहित एक जना पक्राउ

 असार १०, २०८० आइतबार १३:४५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - रुपन्देहीमा दुई केजी सुनसहित एक जना पक्राउ परेका छन् । प्रहरीले गएराति एक करोड ८५ लाख ६५ हजार तीन सय ५५ रुपैयाँ बराबरको एक किलो ९६५ दशमलव तीन ग्राम सुनसहित दाङ घोराही नगरपालिका-१० का २१ वर्षीय हुमानन्द गिरीलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले विशेष सुराकीका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तर्गतको कालीदह नाकामा उनलाई पक्राउ गरिएको जानकारी दिनुभयो । जाँचका क्रममा गिरीले चलाएको बा१२च ३८२० नम्बरको कारबाट दुई वटा सुनको इँटा फेला परेको उहाँको भनाइ छ । 

'सुनमा स्वीट्जरल्याण्ड, एक किलो फाइन गोल्ड लेखिएको छ । कारमा फल्स बटम बनाइ सुन ल्याइएको पाइएको छ', थापाले भन्नुभयो 'आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएका छौँ, थप अनुसन्धान भइरहेको छ ।'
 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया