पशुपतिनाथ मन्दिरको सुनकाे जलहरी जोख्नका लागि निकालियो

 असार १०, २०८० आइतबार १९:५४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरको सुनकाे जलहरी जोख्नका लागि निकालेको छ । 

अख्तियारकाे टाेलीले आइतवार बेलुकी पशुपतिनाथ मन्दिरकाे जलहरी बाहिर निकालेर जोख्न थालेको हो । मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा राखी जोख्ने काम भइरहेको छ । झन्डै एक क्विन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा–टुक्रा पारेरमात्रै निकाल्न सकिन्छ ।

नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायीरूपमा सीसीटीभी क्यामरा जडान गरेको छ भने काठमाण्डाै महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पुजारीहरूलाई स्थलमा राखिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथमा राखिएको १०८ किलोको सुनको जलहरीमा तौल र गुणस्तरको विषयमा अख्तियारमा उजुरी परेको थियो । ११ किलो कम सुन राखिएको भन्दै महालेखा परीक्षकको कार्यालयले पनि अनियमितताको शङ्का गरेको थियो ।

सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट एक सय तीन किलाे सात सय ७३ ग्राम सुन ८० करोड रुपैयाँभन्दा धेरैमा किनेको थियो ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया