साफ च्याम्पियनसिपमा कुवेत र भारतको बराबरी : कुवेत समूह विजेता बन्दै सेमिफाइनलमा

 असार १३, २०८० बुधबार ६:९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साफ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा घरेलु टोली भारतले कुवेतसँग बराबरी खेलेको छ ।

खेलको पहिलो हाफमा कप्तान सुनिल क्षेत्रीले गोल गरी अग्रता लिए पनि भारतले अग्रता जोगाउन सकेन ।

इन्जुरी समयमा अनवर अलिले आत्मघाती गोल गरेपछि खेल एक–एकको बराबरी भएको थियो ।

बराबरीपछि कुवेत समूह ‘ए’ को विजेता र भारत उपविजेता बनेको छ । कुवेत र भारत यसअघि नै सेमिफाइनल पुगिसकेका थिए ।

समूह चरणबाट बाहिरिसकेका दुई टोली नेपाल र पाकिस्तानबीच हिजो भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले हराएको थियो ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया