किसानलाई रोपाइँको चटारो : तर, पानी र मल अभाव

 असार १३, २०८० बुधबार ८:१७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पानी पर्न थालेसँगै किसानलाई धान रोपाइँको चटारो शुरु भएको छ । 

काठमाण्डौ उपत्यकासहित पहाडी र तराईका जिल्लामा रोपाइँ भैरहेको छ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा लगातारजसो पानी परेको छ ।

सुदूरपश्चिमलगायत केही जिल्लामा भने पानीको अभाव हुँदा रोपाइँमा असर परेको छ । 

रोपाइँका लागि पर्याप्त पानी नहुँदा बोरिङबाट तानेर रोपाइँ गर्न थालेको कैलाली, कञ्चनपुरलगायत जिल्लाका किसानले गुनासो गरेका छन् ।

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माका अनुसार कैलालीमा अहिलेसम्म झण्डै १२ प्रतिशतमा रोपाइँ भएको छ ।

यस्तै, रोपाइँ शुुरु भइसक्दासमेत रासायनिक मल नपाएको किसानको गुनासो छ ।  

सरकारले यसपटक धान बालीमा मलको अभाव नहुने दाबी गर्दै आए पनि किसानले मकै र धानका लागि पर्याप्त मल पाएका छैनन् ।

आम्दानी गर्ने र जीविका चलाउने मुख्य बालीका रुपमा बर्खे धान बालीलाई लिइन्छ । 

मल र सिँचाइको अभावले मुख्य बालीको उत्पादनमा असर पर्न सक्ने किसानको गुनासो छ ।

उच्च पहाडका जुम्लालगायत आसपासका क्षेत्रमा मार्सी धानको रोपाइँ सकिएको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया