डलरको भाउ घट्यो, युरो स्थिर
माघ १०, २०८१ बिहिबार
काठमाण्डौ – एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपमा नेपालले थाईल्यान्डलाई २ सय ७० रनको लक्ष्य दिएको छ ।
मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनायो ।
नेपालका निरजकुमार यादवले ४३ बलमा ७४ रन बनाए । उनले २१ बलमै अर्धशतक बनाए । सुर्यांशु कोइराला ४० रनमा आउट भए ।
नरेन भट्ट ५५ रनमा अविजित रहे भने सन्तोष यादव ४२ रनमा आउट भए । विशाल लक्ष्य पछ्याएको थाईल्यान्डले भर्खरै ब्याटिङ थालेको छ ।
समूह ‘ए’ मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह ‘बी’ मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेएसिया छन् ।
समूह ‘ए’ को खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो ।
थाईल्यान्ड पहिलो खेलमै पराजित भएको हुँदा नेपालले आज जितेमा सेमिफाइनलमा पुग्नेछ ।
नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा पर्सि शुक्रवार मलेसियासँग खेल्नेछ । सेमिफाइनल जुलाइ ३ तारिख र फाइनल ४ तारिखमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।