डलरको भाउ घट्यो, युरो स्थिर
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली १ स्थान ताल झरेकाे छ ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान तल झर्दै १ सय ७५ औँ स्थानमा पुगेकाे छ । नयाँ वरीयतामा नेपाल ९ सय ५९ अङ्कका साथ १ सय ७५ औँ स्थानमा छ । यसअघि नेपाल १ सय ७४ औँ स्थानमा थियो ।
भारतमा भइरहेकाे साफ च्याम्पियनशिप फुटबलमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । नेपाल पहिलाे खेलमा कुवेतसँग ३–१ र भारतसँग २–० गाेल अन्तरले पराजित भएको थियाे भने समूह चरणकाे अन्तिम खेलमा पाकिस्तानलाई १–० गाेल अन्तरले हराएको थियो ।
दक्षिण एसियामा भारत १०० औँ स्थानमा रहँदै सबैभन्दा अगाडि छ । यस्तै माल्दिभ्स १५४ औँ, अफगानिस्तान १५७ औँ, भुटान १८४ औँ, बङ्गलादेश १९२ औँ, पाकिस्तान २०१ औँ र फिफाकाे निलम्बनमा रहेको श्रीलङ्का २०७ औँ स्थानमा छन् ।
विश्व वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा रहँदा फ्रान्स दोस्रो र ब्राजिल तेस्रोमा छन् । यस्तै इङ्ग्ल्यान्ड चौथो, बेल्जियम पाँचौँ, क्रोएसिया छैटौँ, नेदरल्यान्ड्स साताैँ, इटाली आठाैँ, पोर्चुगल नवौँ र स्पेन दशौँ स्थानमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।