धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - सातौँ प्रधानमन्त्री कप एनभीए भलिबल क्लब लिगको पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हल त्रिपुरेश्वरमा भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो । पहिलो सेट हेल्प नेपालले जितेकोमा दोस्रो सेट भने फराकिलो अन्तरले गुमायो । तर तेस्रो सेट जित्दै हेल्प नेपाल च्याम्पियन बन्यो ।
हेल्प नेपालको जितमा पाकिस्तानी खेलाडी माजहर अली नायक बने ।
यस्तै, महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
उषा भण्डारी प्लेयर अफ दि म्याच घोषित भइन् । लिग चरणमा पुलिसले सबै खेल जितेर फाइनल पुगेको थियो । पुरुषतर्फको उपाधि विजेता हेल्प नेपाल र महिलातर्फ नेपाल पुलिस क्लबले ६ लाख रुपैयाँका दरले पुरस्कार पाएका छन् । पुरुषतर्फको उपविजेता पुलिस क्लब र महिलातर्फको उपविजेता एपीएफले समान ३/३ लाख रुपैयाँका दरले पुरस्कार पाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।