गाजामा युद्धविरामपछि उद्धारकर्मी र नागरिकले युद्धले निम्त्याएको...
माघ ८, २०८१ मंगलबार
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भएको शिक्षण अस्पतालले जनाएको छ । शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले सोमबार बिहान विज्ञप्ती निकालेर स्वास्थ्य स्थितिमा क्रमिक सुधार रहेको जानकारी दिएको हो ।
सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ठ श्रेष्ठले प्रधानमन्त्रीको अरु स्वास्थ्य स्थिति सामान्य रहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रधानमन्त्रीको छातीमा संक्रमण तथा शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको छ ।
केही दिनदेखि अस्वस्थ्य भएर आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई बिहान साढे ४ बजे अस्पताल भर्ना गरिएको हो । प्रधानमन्त्री ओलीलाई अस्पतालको कोरोनरी केयर युनिट अर्थात सीसीयूमा राखिएको उहाँको उपचारमा संलग्न डाक्टर अरुण सायमीले उज्यालोलाई जानकारी दिनुभयो ।
छातीमा संक्रमण भएकाले प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखेर उपचार गरिने उहाँले बताउनुभयो । डाक्टर अरुण सायमीको नेतृत्वमा प्रधानमन्त्रीका निजी डाक्टर दिव्या सिंह र छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दास संलग्न हुनुहुन्छ । प्रधानमन्त्रीको सचिवालयले हिजो विज्ञप्ति निकालेर उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको थियो ।
यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।