सरकारलाई दिएको समर्थन छठपछि फिर्ता लिन्छौँ : कर्ण

 कात्तिक १२, २०७५ सोमबार १४:४८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालका नेता एवम् संसदीय सुनुवाइ विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले सरकारले संविधान संशोधन हुनुपर्ने आफ्नो पार्टीको माग सम्बोधन नगरे छठलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको छ । 

सोमबार संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता कर्णले संविधान संशोधन गर्ने सहमतिपश्चात मात्रै आफ्नो पार्टीले सरकारलाई समर्थन गरेको तर हालसम्म पनि त्यस तर्फ सरकारले कुनै चासो नदेखाएकाले छठलगत्तै पार्टीको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता दिने निर्णय गरिने जानकारी दिनुभयो । 

अन्तरसंवादमा बोल्दै कर्णले प्रदेश नम्बर २ सरकारले प्रहरी ऐन ल्याएर देश टुक्राउन खोजको नभई संविधानको धारालाई नै टेकेर त्यसो गरिएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश नम्बर २ सरकारले मात्र होइन, यस्ता ऐन अब हरेक प्रदेशले ल्याउनु पर्छ ।’ 

संघीयता नरुचाउनेहरुले प्रदेश नम्बर २ सरकारले ल्याएको ऐनलाई विरोध गरेर संघीयतालाई नै कमजोर बनाउने षड्यन्त्र गरिरहेको समेत उहाँले आरोप लगाउनुभयो । 
 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया