शेयर बजार र घरजग्गा कारोबारमा मौद्रिक नीति लचक, ५० लाखसम्मको जोखिम भार सय प्रतिशतमा झर्‍याे

 साउन ७, २०८० आइतबार १६:४६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले शेयर बजार र घरजग्गा कारोबारमा मौद्रिक नीति लचक बनाएको छ । ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जाको जोखिम भार एक सय ५० प्रतिशतबाट घटाएर एक सय प्रतिशतमा झारिएको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले ५० लाख रुपैयाँसम्मको मार्जिन प्रकृतिको शेयर धितो कर्जाको जोखिम भार एक सय ५० प्रतिशतबाट घटाएर एक सय प्रतिशतमा झारेको बताउनुभएको हो । 
यसअघि २५ लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार सय प्रतिशत र त्यसभन्दा माथिको कर्जामा एक सय ५० प्रतिशत थियो ।

यस्तै सरकारबाट लाइसेन्स लिएर हुने घरजग्गा कारोबारको जोखिम भार पनि एक सय ५० प्रतिशतबाट घटाएर एक सय प्रतिशतमा झारेको उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया