दाउरा खाेज्न गएकाे बेला नदीमा फसेका ५ जनाको उद्धार

 साउन ९, २०८० मंगलबार १८:१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रुपन्देहीका विभिन्न नदीको बीचमा फसेका पाँच जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

बुटवल उपमहानगरपालिका १३ र १४ को सीमाना दानव नदीमा दाउरा खोज्न गएर फसेका एक जना, तिनाउ नदीमा फसेका एक जना र मायादेवी गाउँपालिका ३ बेथरीमा तिनाउ नदीमा फसेका तीन जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बुटवल–२ पाखापानीमा बस्दै आएका ६४ वर्षीय मीनबहादुर गाहा, मायादेवी गाउँपालिका–६ का २६ वर्षीय अबदेश पाल, २० वर्षीय सुनिल पाल र सीयारी गाउँपालिका–२ का अबदेशकुमार यादवकाे उद्धार गरेकाे हाे ।

यसैगरी प्रहरीले बुटवल–११ टपमजुवाकाे तिनाउ नदी किनारमा रहेको हरिलाल गाहाको घरको सामान सुरक्षित ठाउँमा सारेको छ । नदीले घर कटान गरी केही भाग बगाएपछि प्रहरीले घरको सामान सुरक्षित ठाउँमा सारेको हो ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया