बङ्गलादेशमा यो वर्ष डेङ्गीका कारण ज्यान गुमाउनेको संख्या एक सय ८५ पुग्यो

 साउन १०, २०८० बुधबार १२:५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बङ्गलादेशमा यस वर्ष डेङ्गी सङक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ८५ पुगेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने रोग डेङ्गी कारण पछिल्लो २४ घण्टामा नौ जनाले ज्यान गुमाएका छन् ।

कुल सङ्क्रमितको सङ्ख्या ३५ हजार २ सय ७० पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डिएफएचएस) ले जनाएको छ ।

यस वर्षको जनवरीदेखि जुलाई २४ तारिख अर्थात् सोमवारसम्म देशभरका विभिन्न अस्पतालबाट उपचार गराएर २७ हजार ६ सय २२ जना डेङ्गीका बिरामी घर फर्किएका छन् ।

डेङ्गीको बढ्दो सङक्रमणसँग जुध्न बङ्गलादेशका स्वास्थ्य अधिकारीले लामखुट्टेको प्रजनन रोक्न र लार्भा नष्ट गर्ने अभियान प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया