अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठकाडौं – नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अस्पतालमा भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।
सोमबार दिउँसो महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर सभापति देउवाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको हो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा धेरै सुधार आएको सभापति देउवाले जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री ओलीको शीघ्र पूर्ण स्वास्थ्य लाभको कामना पनि गर्नुभयो । सोमबार बिहान छातीमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको थियो । यसैबीच, प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न वरिष्ठ चिकित्सक अरुण सायमीले जानकारी दिनु भएको छ ।
प्रधानमन्त्री ओलीको खोकी समेत कम हुँदै गएको पनि उहाँले बताउनुभयो । वरिष्ठ चिकित्सक सायमीले उहाँलाई ३ दिन अस्पतालमै राखेर उपचार गर्ने पनि बताउनुभयो । वरिष्ठ चिकित्सक सायमीको नेतृत्वमा डाक्टर दिव्या सिंह र डाक्टर सन्त दास सम्मिलीत टोली प्रधानमन्त्री ओलीको उपचारमा खटिएका छन् ।
प्रधानमन्त्री ओली अस्वस्थ भई अस्पताल भर्ना भएपछि उहाँको स्वास्थ्य अवस्था बुझ्न नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता, कार्यकर्ताको अस्पतालमा भीड लागेको छ ।
सामान्य ज्वरोकै कारण छातीमा समेत समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई अस्पतालनै भर्ना गर्नु परेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।