फिफा विश्वकप छनाेटकाे पहिलाे चरणमा नेपालले लाओससँग खेल्ने

 साउन ११, २०८० बिहीबार १४:२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सन् २०२६ मा अमेरिका, मेक्सिकाे र क्यानडामा हुने फिफा विश्वकप छनाेटकाे पहिलाे चरणमा नेपालले लाओससँग खेल्ने भएकाे छ । 

आज बिहीवार मलेसियाकाे क्वालालम्पुरमा भएकाे पहिलाे चरणकाे छनाेटकाे 'ड्र' मा नेपालले लाओसलाई प्रतिद्वन्द्वीकाे रूपमा पाएकाे हाे । फिफा वरीयतामा नेपाल १७५ औँ र लाओस १८७ औँ स्थानमा छ ।

'होम एन्ड अबे' फर्म्याटमा हुने खेलकाे पहिलाे लेग अक्टाेबर १२ मा नेपालमा र दाेस्राे लेग लाओसमा अक्टाेबर १७ मा हुनेछ । पहिलो चरणमा जित निकाल्ने टिमले दोस्रो चरणमा स्थान बनाउनेछ ।

पहिलो चरणमा नेपालसँगै २० टिमले प्रतिस्पर्धा गर्दैछन् । एसिया वरीयताको पुछारका २० टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले यसअघि नै छनोटका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेका छन् ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया