२६ अङ्कले घटेर शेयर बजार २१ सय विन्दुमा झर्‍याे, साढे २ अर्ब रुपैयाँको कारोबार

 साउन १४, २०८० आइतबार १५:१२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार पाँचौँ दिन आज पनि शेयर बजार घटेर राताम्मे भएको छ । हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार परिसूचक नेप्से २६ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय दशमलव ३४ विन्दुमा झरेको छ । 

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै मनकामना स्मार्ट र अभियान लघुवित्तको शेयर साढे छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज पिपुल्स पावर कम्पनीको शेयर साढे तीन प्रतिशत र सुपर माई हाइड्रोको शेयर तीन प्रतिशतले बढेको छ । 

आज ६८ लाख ६० हजार कित्ता शेयर दुई अर्ब ५० करोड २८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया