एन्फा महिला लिगमा आज आर्मी र एपीएफ खेल्दै
माघ ९, २०८१ बुधबार
रुकुम पश्चिम – संविधानले हरेक क्षेत्रमा महिला सहभागिता अनिवार्य गरेपछि विकास/निर्माणका योजनाहरूमा महिला सहभागिता बढ्दै गएको छ । विकास/निर्माणका योजनाहरूमा महिलालाई सदस्य तथा कोषाध्यक्षसम्ममा राखेर नाम मात्रको सहभागिता देखाउने गरेको गुनासो आइरहेको बेला रुकुम पश्चिमको एउटा वडाले भने वडाबाट सञ्चालित सबै योजना महिलाकै नेतृत्वमा सम्पन्न गरेको छ ।
मुसिकोट नगरपालिका वडा नम्बर १ ले आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गरेका सबै विकासका काम महिलाकै नेतृत्वबाट सम्पन्न गरेको हो । वडाध्यक्ष ज्ञानु चन्द्र चन्दले गएकाे आर्थिक वर्षमा वडा कार्यालयबाट विनियोजित बजेटमा भएका विकासे कामहरू महिलाको नेतृत्वमा सम्पन्न गरिएको बताउनुभयो । वडा कार्यालयले गोरेटो बाटो, सडक, सामुदायिक भवन, प्रतीक्षालय, ट्रस निर्माण लगायतका योजना महिलाकै नेतृत्वमा सम्पन्न गरेको हो ।
वडाध्यक्ष चन्दका अनुसार विकासका काममा महिलाको पहुँच, सशक्तीकरण र अवसरका लागि यस्तो कार्य गरिएको हो । उहाँले गएकाे आवमा वडा क्षेत्रमा उपभोक्ता समितिमार्फत सम्पन्न भएका २१ वटा योजनाको नेतृत्व महिलाले गरेका बताउनुभयो । वडामा निर्वाचित जनप्रतिनिधिले निर्णायक तहमा महिलाको सहभागिता बढाउनका लागि सबै उपभोक्ता समितिमा महिला अध्यक्ष र समितिमा महिलाको बाहुल्यता रहने गरेर सहमति गरिएअनुसार उपभोक्ता समिति निर्माण गरिएको हो । वडा कार्यालयको तथ्याङ्कअनुसार वडाबाट विनियोजित ९८ लाख र प्रदेशबाट आएकाे १५ लाख रुपैयाँ बजेटमा निर्माण सम्पन्न भएको एक योजनाको निर्माण उपभोक्ता समितिमा महिलालाई नै अध्यक्ष बनाइएको हो । कतिपय योजनाको निर्माण समितिमा महिलामात्र पनि रहेका थिए ।
वडाध्यक्ष चन्दले महिलाको अगुवाइमा भएका यी सबै योजना समयमै सम्पन्न भएको बताउनुभयो । उहाँले पुरुषले योजनाको मूल्याङ्कनमाथि प्रश्न गर्ने, गुनासो गर्ने, समयमा काम नगर्ने, यो वा त्यो बहाना गरेर पन्छिने गरेको बेलामा महिलाले इमानदारिताका साथ योजना सम्पन्न गरेको बताउनुभयो । सबै समितिले तोकिएको समय र बनाइएको लागत विवरणअनुसार काम गरेको उहाँको भनाइ छ ।
वडा नम्बर १ को चौफारी–मुखियाटोल–काँडेदह बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष रश्मी पुन केसीले समितिमा सबै महिलामात्र रहेको बताउनुभयो । महिलाले पनि गर्न सक्छन् भन्ने गरेर उदाहरणीय काम गरेको उहाँले जनाउनुभयो । वडाको पाँच लाख रुपैयाँ बजेटमा तोकिएकै समयमा काम सकिएकाे उहाँले बताउनुभयाे ।
घिमाने सामुदायिक भवन निर्माण समितिकी अध्यक्ष गीता खड्काले वडा कार्यालयले महिलालाई राम्रो अवसरको सिर्जना गरेको बताउनुभयो । खड्काले भन्नुभयो, ‘हामीले वर्षाैँदेखि महिलाको नेतृत्व र निर्णायक तहमा सहभागिताका बारेमा बोलिरहेका थियौँ, हाम्रो माग वडा सरकारले सुनुवाइ गरेको महसुस भएको छ ।’ उहाँले पुरुषको साथ र सरकारको सकारात्मक पहलले महिलामा हौसला थपिएकाे जनाउनुभयो ।
यसअघि गाउँमा कुनै भेला, बैठक तथा छलफल गर्नुपरेमा खुला चौर अथवा व्यक्तिको घरमा बस्नुपर्ने बाध्यता रहेकोमा अब त्याे समस्या पनि समाधान भएको छ । बैठक हल, कार्यालय कोठा, शौचालयसहित निर्माण सम्पन्न भएको सामुदायिक भवनमा टोलका ४२ घर लाभान्वित हुने बताइएको छ । वडा कार्यालयले चालु आर्थिक वर्षमा पनि वडामार्फत हुने विकास/निर्माणका योजनाहरूमा पनि महिलाकै नेतृत्व राख्न पहल गर्ने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।