लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्री ओलीको विशेष सम्बोधन

‘कम खर्च बढी लाभ दिने गरी प्रविधिको प्रयोग गर्नुपर्छ’

 फागुन ५, २०८१ सोमबार १४:५३:२० | हेमराज शर्मा
unn.prixa.net

तस्वीर : रासस

दाङ – प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकमा सम्बोधन गर्नुभएको छ । लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्री ओलीको यो दोस्रो सम्बोधन हो । यसअघि २०७५ साल वैशाख १६ गते तत्कालीन पाँच नम्बर प्रदेशसभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बाेधन गर्नुभएको थियो ।

लुम्बिनी प्रदेशसभाले निमन्त्रणा गरेपछि आज नेपाली सेनाको हेलिकप्टर चढेर उहाँ दाङ पुग्नुभएको हो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगबाट उत्पादन र विकास निर्माणको कामलाई तीव्रता दिनुपर्ने बताउनुभयो । कम खर्च बढी लाभ दिने गरी प्रविधिको प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

कुनै पनि देश अर्काले नबनाइदिने भन्दै उहाँले हामी गर्न सक्छौँ भन्ने उच्च मनोबल राख्नुपर्ने ओलीले बताउनुभयो । विकासका लागि तीन वटै तहका सरकारबीच सहकार्य हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बन्दै गएको र यहाँको राजधानी सफलतापूर्वक कार्यान्वयनमा आएको बताउनुभयो । सङ्घीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको उहाँको भनाइ छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले प्रदेश सरकारले १ हजार २०० शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण शुरू गरेकोमा प्रशंसा गर्नुभयाे । यो अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार हो ।

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया