यस्ताे रह्याे लोपेटेगीको प्रशिक्षणमा रियलको प्रदर्शन

 कात्तिक १३, २०७५ मंगलबार १०:४२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस फुटबलका प्रशिक्षक मध्ये अब्बल मानिएका जुलेन लोपेटेगीका लागि यो वर्ष खराब रह्यो । उनी यसै वर्ष दुई कामबाट बर्खास्तीमा परे । 

सन् २०१६ मा तत्कालिन प्रशिक्षक भिन्सेन्ट डेल बोस्केको सन्यासपछि स्पेन राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका लोपेटेगीले खस्किएको स्पेन टिमको प्रदर्शन माथि उठाए । उनले स्पेनलाई विश्वकपसम्म पनि पर्‍याए । तर स्पेनिस फुटबल महासंघमा खबरै नगरिकन विश्वकप सुरु हुनु भन्दा दुई दिन अघि उनीले रियल मड्रिडमा सम्झौता गरे । जसका कारण स्पेनिस फुटबल महासंघ उनीबाट रुष्ट भयो र उनलाई बर्खास्त गर्‍यो । 

तर पनि उनीसँग रियल मड्रिड जस्तो विश्वकै उत्कृष्ट क्लब थियो । रियलले उनको प्रशिक्षणमा जम्मा १८ खेल खेल्यो । जसमा सुखद नतिजा निस्किएन ।

प्रशिक्षणको सुरुआत म्यान्चेष्टर युनाइटेडसँगको हारबाट गरेको लोपेटेगीले सात खेलमा पराजय भोगे भने नौ खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकाले । कमजोर टिमसँगको पराजय उनको बर्खास्तीको प्रमुख कारण हो । 

अझ ला लिगाको पछिल्लो पाँच खेलमा एक बराबरी खेल्दै रियलले चार खेलमा जस्तास्पद पराजय भोगेको थियो, त्यो पनि लेभान्टे र डिपोर्टिभो एलभेस जस्ता टिमसँग । 

लोपेटेगीको प्रशिक्षणमा रियलको प्रदर्शन
जम्मा खेलः १८
जितः ९
पराजितः ७
बराबरीः २
गोल खाएकोः २५
गोल हानेकोः ३०

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया