जुम्लाको काँचो स्याउ बजारमा जान थालेपछि रोक्न सिफारिस अनिवार्य

 साउन १८, २०८० बिहीबार ७:२८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - जुम्लाको काँचो स्याउ बजारमा गएपछि यसलाई रोक्न सिफारिस अनिवार्य गरिएको छ । जनप्रतिनिधि, स्याउ उत्पादन गर्ने किसान, व्यापारी तथा जिम्मेवार कार्यालयका प्रमुखको सर्वदलीय बैठक बसेर स्याउ पूर्ण रुपमा पाकेपछि मात्रै बजारमा लैजाने निर्णय भएको हो ।

व्यापारीले स्याउ खरिद गर्दा कृषि कार्यालयको सिफारिस अनिवार्य गरिएको जिसस प्रमुख गौरीनन्द आचार्यले जानकारी दिनुभयो । जुम्लाका केही पालिकाबाट काँचो स्याउ साउनको पहिलो हप्ता नै सुर्खेत बजारमा पुगेपछि स्याउको गुणस्तरबारे गुनासो आएको छ ।

स्याउ राम्रोसँग परिपक्व भएपछि मात्रै टिप्न आठवटै पालिकालाई निर्देशन दिएको जिसस प्रमुख आर्चायले बताउनुभयो । उहाँका अनुसार काँचो स्याउको बिक्रीलाई रोक्न सिफारिसविना नै निर्यात गर्न नपाइने निर्णय भएको छ ।

काँचो स्याउ नै स्थानीय व्यापारीले खरिद गर्न थालेपछि रोक लगाएको तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो । पूर्णरुपमा पाकेको, परिपक्व भएको, रङ, गुलियो भरिएको स्याउ कृषि प्राविधि, कृषि कार्यालयको सिफारिसका आधारमा मात्र स्याउ निर्यात गर्ने निर्णय भएको कृषि कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर भण्डारीले बताउनुभयो ।

जुम्लामा अहिले चार हजार दुई सय ५० हेक्टरमा स्याउ खेती भइरहेको तथ्याङ्क छ ।   
 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया