अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – ललितपुरको पाटनमा रहेको गोल्डेन टेम्पलमा प्रज्ञा पारमिता सूत्रको जीर्णोद्धारको काम भैरहेको छ । रञ्जना लिपिमा रहेको भगवान बुद्धका वचनहरुलाई सुनको सहायतामा जीर्णोद्धार गर्ने काम भैरहेको हो । स्वर्ण अक्षरले जीर्णोद्धारको लागि ६ जना कलाकारहरु जुटेका छन् ।
प्रज्ञा पारमितामा ३२ परिवर्त्य र ८ हजार श्लोक छन् । यसलाई अष्टसहर्सिका प्रज्ञा पारमिता भनेर चिनिन्छ । बौद्ध धर्ममा यस प्रकारका २५ हजार श्लोक र १ लाख श्लोकसम्म भएका प्रज्ञा पारमिता पनि छन् । तीमध्येको मध्यम श्लोक भएको प्रज्ञा पारमिताको जीर्णोद्धार भइरहेको हो ।
बौद्ध धर्मको महायान सम्प्रदायसँग सम्बन्धित यो ग्रन्थमा बुद्धत्व प्राप्तिका सिद्धान्तहरु र भगवान बुद्धसँग सम्वन्धित विभिन्न प्रसँगहरु समावेश रहेको लेखन कार्यमा संलग्न हेमरत्न बज्राचार्यले बताउनु भयो । उहाँका अनुसार सुनको धुलोमा प्राकृतिक गमको प्रयोग गरेर प्रज्ञापारमिताको जीर्णाेद्धार कार्य भइरहेको छ ।
मलमास अर्थात पुरुषोत्तम महिनाको बेलामा कुनै प्रकारका धार्मिक र पुण्यको काम नहुने भएकाले यहीबेला पारेर यसको जीर्णोद्धार र पुनर्लेखन गर्ने गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।