एआईको प्रयोग गरी हुने बाल यौन दुर्व्यवहारलाई अपराध मान्ने बेल...
माघ २१, २०८१ सोमबार
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ का वडाध्यक्ष दौलत कार्कीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेलमाथि अभद्र व्यवहार गरेको मुद्दा दर्ता भएपछि फरार रहेका वडाध्यक्ष कार्कीले पक्राउ पुर्जी जारी भएकाे झन्डै डेढ महिनापछि आज आइतवार जिल्ला प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका हुन् ।
वडाध्यक्ष कार्कीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै गएकाे असार १४ गते प्रमुख प्रशासकीय अधिकृत पौडेलले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दर्ता गराउनुभएको थियो । प्रहरीले त्याे जाहेरी जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेपछि प्रशासनले असार १५ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
वडाध्यक्ष कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला अदातल सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।