एआईको प्रयोग गरी हुने बाल यौन दुर्व्यवहारलाई अपराध मान्ने बेल...
माघ २१, २०८१ सोमबार
काठमाण्डाै – बुद्ध एअरको वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आईएमई पेबाट भुक्तानी गर्न मिल्ने भएको छ । आइएमई पे र बुद्ध एअरका प्रतिनिधिबीच आज आइतवार सम्झौता भई याे सेवा शुरु गरिएको हो ।
सम्झौताअनुसार अब यात्रुहरूले यसरी टिकट खरिद गर्ने क्रममा आईएमई पे छनाेट गरी सजिलै पैसा तिर्न सक्ने र प्रत्येक भुक्तानीमा चन्द्रागिरि केवलकारको निःशुल्क कुपन पनि प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
‘आईएमई पे ले ग्राहकहरूको सुविधाका लागि सुरक्षित तथा नवप्रवर्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने, साथै आफ्ना प्रयोगकर्ताहरूको हवाई यात्राको अनुभवलाई थप सहज तथा सहुलियतपूर्ण बनाउने उद्देश्यले यो सम्झौता गरेको हाे’, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।