का‌ंग्रेसकाे चियापानसँग जुधेपछि सर्‍याे उपराष्ट्रपतिकाे जलपान

 कात्तिक १३, २०७५ मंगलबार १६:३०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - तिहार, छठ एवम् नेपाल संवतकाे अवसर पारेर उपराष्ट्रपति नन्दबहादुर पुनले आयोजना गर्न लाग्नुभएको जलपान कार्यक्रम सरेको छ । 

उपराष्ट्रपतिले आयोजना गर्न लाग्नुभएको दिनमा नै नेपाली कांग्रेसले पनि चियापान कार्यक्रम राखेकाले उपराष्ट्रपतिको कार्यक्रम १९ गतेका लागि सारिएको उहाँको निजी सचिवालयले जनाएको छ । 

शुभकामना आदन प्रदान तथा जलपान समारोह उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा हुने सचिवालयले जानकारी दिएको छ ।  

तिहार, छठ एवम् नेपाल संवत्को अवसर पारेर हरेक वर्ष उपराष्ट्रपतिले शुभकामना आदन प्रदान तथा जलपान कार्यक्रम गर्दै आउनुभएको छ । 
 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया