मेलम्ची आयोजनाका गाडीहरु फिर्ता गर्न खानेपानी मन्त्रीको निर्देशन

को–कोसँग छ आयोजनाको गाडी ?

 कात्तिक १३, २०७५ मंगलबार १८:१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –  खानेपानी मन्त्री बीना मगरले अन्यत्र प्रयोग भैरहेको मेलम्ची आयोजनाको गाडीहरु तत्काल फिर्ता ल्याउन मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिनुभएको छ ।  

मेलम्ची खानेपानी विकास समितिका नाउँमा रहेका विभिन्न गाडीहरु अन्यत्र प्रयोग भैरहेको भन्ने विषय सार्वजनिक भएपछि मन्त्री मगरले बाहिर प्रयोग भैरहेको गाडी फिर्ता ल्याउन समितिलाई निर्देशन दिनुभएको हो ।  

समितिका अनुसार प्रधानमन्त्री कार्यालयमा मेलम्चीका दुई वटा गाडी लगिएका थिए । जसमा एउटा गाडी प्रधानमन्त्री कार्यालयबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा लगिएको छ । बा १ झ ८७५९ नं.को टोयोटा प्राडो जीप प्रधानमन्त्री कार्यालयबाट भूमि व्यवस्था मन्त्रालय लगिएको हो । त्यस्तै बा. १ झ ८९९५ नम्बरको टोयोटा प्राडो जीपसमेत प्रधानमन्त्री कार्यालयमा रहेको छ । 

मेलम्ची आयोजनाका लागि खरिद गरिएका ६० वटा गाडीहरुमध्ये मेलम्ची र खानेपानी मन्त्रालय बाहेक अन्यत्र ६ वटा गाडीहरु प्रयोग भएका छन् । 

बा ८ च ६७६० नं.को टोयोटा ल्याण्डक्रुजर जीप सहरी विकास मन्त्रालयमा रहेको छ । मन्त्रालयले उक्त गाडी २०६२ साल चैतदेखि प्रयोग गरिरहेको छ । अहिले टोयोटा ल्याण्डक्रुजर जीपमा हालै प्रधानमन्त्री कार्यालयमा सरुवा भएका सचिव दीपेन्द्रनाथ शर्मा चढ्ने गरेका छन् । 

काठमाडौं उपत्यका विकास प्राधिकरणले मेलम्ची आयोजनाको बा १ झ ८७६३ नं. को प्राडो जीप प्रयोग गरिरहेको छ । प्राधिकरणले २०७० साल जेठदेखि उक्त गाडी प्रयोग गरिरहेको छ । 

त्यस्तै सहरी विकास मन्त्रालयमा प्रयोग भैरहेको बा १ झ ७१९४ नं. को मारुती कार र क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा प्रयोग भैरहेको बा ४ च १५०३ नं. को गाडी समेत फिर्ता ल्याउने प्रक्रिया अघि बढाउन मन्त्रालयले निर्देशन दिएको छ ।  

खानेपानी मन्त्री बीना मगरले मेलम्ची आयोजनाका गाडी अन्यत्र प्रयोग भैरहेको भन्ने विषयप्रति आफ्नो गम्भीर चासो र ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

को–कोसँग छ आयोजनाको गाडी ?

 

 

 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया