विद्युत् प्राधिकरणले एक वर्षमा १२ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमायो, सर्वसाधारणलाई शेयर जारी गर्ने

 साउन २५, २०८० बिहीबार १६:३२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले गएको आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

आज बिहीवार प्राधिकरणमा भएको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले गएको आर्थिक वर्षमा चुस्त व्यवस्थापनका कारण १२ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाउन सफल भएको बताउनुभयो ।

प्राधिकरणले गएकाे आर्थिक वर्ष देशभित्रै बिजुली बिक्रीबाट ८९ अर्ब ७८ करोड रुपैयाँ बराबर आम्दानी गरेको छ भने भारतलाई बिजुली बेचेर १० अर्ब ५९ करोड रुपैयाँ आम्दानी गरेको छ । प्राधिकरणको कुल आम्दानी अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १२ अर्ब रुपैयाँ बढी हो । आम्दानी बढे पनि खर्च बढ्दा गएकाे आर्थिक वर्षको नाफामा केही कमी आएको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले अब विद्युत् प्राधिकरणले सर्वसाधारणलाई शेयर जारी गर्ने जानकारी दिनुभयो । उहाँले प्रधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा शेयर जारी गर्ने फ्रक्रिया अघि बढाइएकाे बताउनुभयो । विद्युत् गुणस्तर सुधार, चुहावट नियन्त्रण तथा विद्युत् महसुल असुलीलगायतका कामलाई प्रभावकारी बनाउन काम भइरहेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Devnath mukhiya

    Aug. 10, 2023, 6:38 p.m.

    Sir dictric siraha kalyanpur Nagar palika 2 chatri tol donbari ma 15 din dekhi 2feuj ma power Katia chha please help gardnu mero binti hajur lai garmi moushma dherai nai taklif hun chha mero bacha lia 10 jana ko ghar ma power chain please help

  •  0 Reply

तपाईको प्रतिक्रिया