बजारमा गोलभेँडाभन्दा हरियो धनियाँ महँगो

 साउन २६, २०८० शुक्रबार ८:१०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गोलभेँडापछि हरियो धनियाँँको मूल्य बढेको छ । काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज धनियाँको थोक मूल्य किलोमा १५० रुपैयाँदेखि २ सय रुपैयाँ छ ।

खुद्रा पसलमा दोब्बर तेब्बरसम्म मूल्य पर्छ । यस्तै, आज लोकल सानो गोलभेँडा किलोको ६० देखि ७० रुपैयाँ तथा टनेलको गोलभेँडा किलोको ७५ देखि ९० रुपैयाँ छ । यस्तै, ठूलो गोलभेँडा किलोको १४० देखि १६० रुपैयाँ थोक मूल्य छ ।

नेपालमा धेरैजसो हरियो धनियाँँ र गोलभेँडासहित तरकारी भारतबाट भित्रिने गरेको छ । तर, अहिले गर्मीका कारण भारतमा नै उत्पादन कम हुँदा गोलभेँडा र धनियाँँलगायत तरकारी भारतमै महँगो छ । भारतमा तरकारी महँगो नहुँदा नेपाली उत्पादन समेत त्यसतर्फ निर्यात हुन थालेको छ । यसको असर नेपाली बजारमा परेको हो ।

नेपालमा धनियाँँ, गोलभेँडालगायत तरकारी फलाउन उपयुक्त वातावरण भए पनि मागअनुसार उत्पादन हुन सकेको छैन । यस्तै, कतिपय अवस्थामा भारतीय तरकारी सस्तो पर्न जाँदा व्यापारीले स्वदेशी तरकारी खरिद नगरिदिँदा किसान मर्कामा पर्ने गरेका छन् ।

खेती गर्न प्रोत्साहन नहुँदा र उत्पादन भएका तरकारीले बजार नपाउँदा व्यावसायिक रुपमा खेती गर्ने किसानको सङ्ख्या घट्न थालेको छ ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया