पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य शुरू
माघ ८, २०८१ मंगलबार
कास्की - पोखरा महानगर क्षेत्रको फोहर व्यवस्थापनमा दुई हप्तादेखिको उत्पन्न समस्या समाधान भएको छ । पोखरा महानगरले अस्थायी फोहर विसर्जनस्थल बनाएको पोखरा–३२ लामेआहालका स्थानीयवासीको अवरोधपछि फोहर व्यवस्थापनमा समस्या भएकामा बिहीवार महानगर र फोहर विसर्जनका विरुद्ध गठित सङ्घर्ष समितिबीच सहमति भएको हो ।
महानगरले फोहर विसर्जनस्थलमा फोहर व्यवस्थापन गर्दा दुर्गन्ध फैलिएको, सम्झौताबमोजिम पूर्वाधार निर्माण नगरेको र सडक हिलाम्मे भएको भन्दै स्थानीयवासीले फोहर लैजान अवरोध गरेपछि केही दिन पोखराको फोहर उठ्न सकेको थिएन । स्थानीयवासीसँग वार्ता गरी समस्या समाधान गर्न महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापा र वडा नं ३३ का अध्यक्ष रामचन्द्र अधिकारीलाई जिम्मेवारी दिनुभएको थियो । वडाध्यक्षद्वयको पहलमा स्थानीय, सङ्घर्ष समिति र महानगरबीच लामेआहालमै १८ महिना फोहर विसर्जन गर्ने सहमति भएको महानगरले जनाएको छ ।
सहमतिअनुसार फोहर बोकेका गाडी विसर्जनस्थलमा बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म प्रवेश गरिसक्नुपर्ने छ भने तत्कालै माटोले फोहर पुर्ने कार्य आवश्यकतानुसार गर्नु पर्नेछ । विसर्जनस्थलबाट कुनै पनि कबाडीजन्य सामग्री सङ्कलन गरिने छैन । सहमतिअनुसार लामेआहालमा क्षेत्रीय बसपार्क निर्माण सुनिश्चित गर्ने कार्य अगाडि बढाइनेछ ।
फोहरमैला विसर्जनस्थलका प्रभावित नागरिकको स्वास्थ्य बीमा गर्ने र फोहर मैला विर्सजनस्थलमा दुर्गन्ध नआउने गरी कीटनाशक विषादी छर्ने उल्लेख छ । स्थानीयलाई सीपका आधारमा रोजगारीमा पहिलो प्राथमिकता दिइने र विभिन्न विद्यालयलाई सहयोग उपलब्ध गराउनेलगायतका विषय सहमतिमा उल्लेख रहेको आचार्यले जानकारी दिनुभयो ।
स्थानीयले फोहर फाल्न रोक लगाउन अन्तरिम आदेशको माग गरी उच्च अदालत पोखरामा रिट दर्ता गरेकामा साउन २१ गते अदालतले अन्तरिम आदेश दिनु नपर्ने निर्णय गरेको थियो । त्यससँगै महानगरपालिकालाई लामेआहालमा फोहर व्यवस्थापन गर्ने कानुनी बाटोसमेत खुला भएको थियो । त्यसपछि महानगरले १२ दिनपछि फोहर विसर्जन गरेको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विमानस्थल नजिकको वर्षौँदेखिको फोहर विसर्जनस्थलमा फोहरमैला लैजान रोकिएको थियो । त्यसपछि महानगरले अस्थायीरूपमा छ महिनाका लागि भनेर लामेआहालमा विसर्जन गर्दै आएको छ । महानगरले पोखरा–३३ को पूँडीटारमा आठ सय ५० रोपनी क्षेत्रफलमा फोहर प्रशोधन केन्द्र बनाउने तयारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ishowr Shrestha
Aug. 11, 2023, 10:48 a.m.यो सहमतिको लिखित सम्झौता पत्र (स्रोत) छ भने उपलब्ध गराइ दिनुहोला ।