पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य शुरू
माघ ८, २०८१ मंगलबार
सोलुखुम्बु - तिब्बतसँगको नाका सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ नाङ्गपालामा रहेको नेपालतर्फको सीमास्तम्भ ढलेको छ । नेपाल र तिब्बतबीचको उत्तरतर्फको नाङ्गपाला नाकामा रहेको नेपालतर्फको एक मात्र सीमा स्तम्भ तिब्बततर्फ ढलेको हो ।
नाकामा रहेको आरजी.५९७०९८ मा ६२ नम्बरको एक मात्र पिलर ढलेर नम्बर समेत छोपिएको याक आनुवंशिक श्रोत केन्द्र स्याङ्बोचेका निमित्त प्रमुख रामललन यादव (ललन) ले जानकारी दिनुभयो । यादवसहितको टोली याक तथा नाक खरिदका लागि चीन जाने क्रममा २०७१ साल जेठ २ गते नै त्याे स्तम्भ ढलेको पाइएको उहाँले बताउनु भयाे ।
स्तम्भ समुद्री सतहबाट ५ हजार ८ सय ८७ मिटरको उचाइमा रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले बताउनु भयाे । हिमाल हुँदै बग्ने हिम नदीका कारण स्तम्भ ढलेको हुन सक्ने भट्टराईकाे आशंका छ ।
२०६७ सालसम्म चीन र नेपालबीच मानिसहरुको आवतजावत गरेकाे याे नाका त्यसपछि चीनले बन्द गरेको हो । स्तम्भ नाम्चेबाट ८० किलोमिटरको दूरीमा रहेको छ । नेपालतर्फ करिब ६२ किलोमिटरको दूरीमा थामे प्रहरी चौकी रहेको छ ।याे सीमा क्षेत्रमा भौगोलिक कठिनाइका कारण कुनै पनि नेपाली नपुग्ने गरेको यादवले बताउनुभयो ।
२०७१ सालमा याक आनुवंशिक श्रोत केन्द्रले ३ महिनाको प्रयासपछि प्रकृया पूरा गरी २४ जनाको टोली नाक तथा याक खरिदका लागि नाङ्गपाला नाका हुँदै चीन पुगेका थिए । त्यसयता याे क्षेत्रमा कुनै पनि नेपालीको उपस्थिति नरहेको बताइएको छ । पिलरबाट करिब २ किलोमिटर अगाडि चीनको मोटर बाटो छ भने करिब १५ किलोमिटर अगाडि चीनको सुरक्षा पोष्ट तथा २० किलोमिटर अगाडि चीनको थिङ्ग्रे बजार रहेको छ।
नेपालतर्फ खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ थामे भन्ज्याङलुङ्गदेभन्दा माथि मानव बस्ती नरहेको नाम्चेका लामाकाजी शेर्पाले बताउनुभयो । सीमा सुरक्षालाई मध्यनजर गर्दै नाम्चेमा प्रहरी निरीक्षकको कमाण्डमा सशस्त्र प्रहरीको पोष्ट खडा गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । सीमा सुरक्षाको विषयमा समय समयमा चीनको वैदेशिक मामिला प्रमुखसँग संवाद हुने गरेको छ भने केही दिनमा पुनः दुई देशबीचको सुरक्षा टिमको बैठक बस्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।