अछाममा अरिङ्गालले चिलेर एक जनाकाे ज्यान गयाे

 साउन २६, २०८० शुक्रबार १३:३१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

अछाम - अछाममा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएकाे छ । बिहीवार  हिजाे अछामकाे साँफेबगर नगरपालिका–८ चण्डिका काटैकाका ७२ वर्षीय टेकबहादुर कुँवरको अरिङ्गालले चिलेर ज्यान गएकाे हाे । 

कुँवर हिजाे बाख्रा चराउन जङ्गल गएका बेला मौरीडाँडा भन्ने ठाउँमा अरिङ्गालले चिलेपछि घाइते हुनुभएकाे थियाे । उहाँको बयालपाटा अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे अछाम जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया