एमालेकाे अवराेधपछि प्रतिनिधिसभा बैठक स्थगित

 साउन २६, २०८० शुक्रबार १३:४७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएकाे छ ।

आज शुक्रवारकाे बैठकको शुरुमै एमालेका सांसदहरूले अवरोध गरेपछि सत्तापक्षका सांसदहरूले पनि उठेर बोल्न नदिने रणनीति लिएका थिए । एमालेकी सांसद ज्वालाकुमारी साहलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि सत्तापक्षका सांसदहरूले अवरोध गर्ने रणनीतिका साथ उठेर विरोध गरेका थिए । सत्तापक्षमा सांसदहरू उठेपछि एमालेका सांसदहरूले बेल घेराउ गर्दै सरकार र सत्तापक्षविरुद्ध नाराबाजी गरे । 

एमालेका सांसदहरूले नाराबाजी गरेपछि आज पनि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले साउन २९ गते सोमवार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको हो ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया