विश्वले नयाँ बहुध्रुवीय व्यवस्थाको स्थिर विकास खोजेको रुसी राष्ट्रपति पुटिनको भनाइ

 साउन ३१, २०८० बुधबार १३:४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले विश्वले नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको स्थिर विकास खोजेको बताउनुभएको छ ।

मस्कोमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी ११ औँ सम्मेलनलाई सम्बोधन गर्दै उहाँले अहिले धेरैजसो देश आफ्नो सार्वभौमसत्ता दाबी गर्न, आफ्नो राष्ट्रिय हित तथा परम्परा र संस्कृतिको रक्षा गर्न केन्द्रित रहेका बताउनुभयो ।

उहाँले बहुध्रुवीय विश्व व्यवस्थाले स्थिर र दिगो विश्वव्यापी विकासमा योगदान पुर्‍याउने र दबाबमा रहेका सामाजिक, आर्थिक, प्राविधिक र वातावरणीय चुनौतीको समाधान गर्न मद्दत गर्ने बताउनुभयो ।

उहाँले युक्रेनमा अर्बौँ डलर लगानी गर्दै कीएभलाई उपकरण आपूर्ति गरेर पश्चिमी देशहरुले द्वन्द्वलाई अझ चर्काउँदै लगेको आरोप समेत लगाउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया