गाजामा युद्धविरामपछि उद्धारकर्मी र नागरिकले युद्धले निम्त्याएको...
माघ ८, २०८१ मंगलबार
मोरङ – प्रदेश १ मन्त्री परिषदको बैठकले योजना आयोग गठन गरेको छ । मुख्यमन्त्री अध्यक्ष रहने गरी एक नम्बर प्रदेशको योजना आयोगको उपाध्यक्षमा सुबोधराज प्याकुरेललाई नियुक्त गरिएको छ ।
त्यस्तै अन्य २ जना सदस्य पनि मन्त्री परिषदको बैठकले नियुक्त गर्ने निर्णय गरेको हो । जसमा मिना भण्डारी, पुर्ण लक्सम रहेका छन् । ५ सदस्य प्रदेश योजना आयोग बन्ने व्यवस्था अनुसार एक नम्बर प्रदेश योजना आयोगमा ३ जनालाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । योजना तर्जुमा गर्ने काममा प्रदेश सरकारलाई सहयोग गर्नेगरी योजना आयोगले प्रदेशको योजना बनाउने छ ।
लामो समय पछि बसेको मन्त्री परिषदको बैठकले प्रदेश नम्बर १ को खर्चको मापदण्ड कार्यविधि र मितव्ययिता निर्देशिका २०७५ लाई स्वीकृत गरेको छ । भने प्रदेशको आर्थिक कार्यविधि नियमावली २०७५ लाई पनि स्वीकृत गरेको छ । ऐन बनेको लामो समय हुँदा नियमावली नआउँदा प्रदेश सरकारलाई काम गर्न अप्ठेरो हुँदै आएपछि नियमावली स्वीकृति प्रदान गरेको हो ।
सुनसरीको कोशी गाउँपालिकामा प्रदेश सरकारले सुरु भएको रिफ्रेसमेन्ट सेन्टरलाई नीतिगत रुपमा नै अगाडि बढाउने भएको छ । कोशी गाउँपालिकाको कोशी कटान क्षेत्रमा रिफ्रेसमेन्ट सेन्टरको नितिगत निर्णय र सरचनात्मक संरचना तयार गर्न मन्त्री परिषदले स्वीकृत प्रदान गरेको हो । त्यस्तै मध्य पहाडी लोकमार्ग अन्तरगत पर्ने फिदिम र तेह्रथुम जिल्लाका २ वटा नयाँ सहरहरु बनाउनको लागि स्वीकृतिसम्बन्धी निर्णय गरेको छ । संघीय सरकारले हस्तान्तरण गरेको २ वटा योजनाहरुसहित १७ करोड रकम संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि यो नयाँ सहर बसाउने आयोजना प्रदेश सरकारले स्वीकृति प्रदान गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।
प्रदेशभित्र रहेका सबै कार्यालयहरुको भौतिक सम्पतिहरुको स्वामित्व प्रदेश सरकार अन्तर्गत ल्याउनको लागि प्रदेशका प्रमुख सचिवलाई जिम्मेवारी दिइएको छ । संघीय सरकारले विभिन्न समयमा प्रदेश सरकारलाई संरचना तथा गाडी घोडा हस्तान्तरण गरेको भए पनि ती सबै प्रदेश सरकार मातहतमा नआएकोले त्यसको लगत तथा सबै कार्यालयको सम्पत्ति तथा गाडी घोडा प्रदेश सरकारको माताहतमा नआएको कारण त्यसलाई प्रदेश सरकार माताहतमा ल्याउनको लागि प्रमुख सचिवलाई यसको जिम्मेवारी दिइएको हो ।
संविधानसँग मेल नखाने शब्दहरु कोशी अञ्चल अस्पताल, मेची अञ्चल अस्पताल, मेची आयुर्वेदिक अस्पताल, कोशी–मेची यातायात कार्यालयलगायतको अहिलेको अबस्थामा मेल नखाने नामहरु परिमार्जनको लागि के नाम राख्दा उपयुक्त हुन्छ भन्नको लागि १५ दिन भित्र त्यसको संविधानसम्मत नाम सुहाँउदो बनाउने बारेको जिम्मेवारी पनि प्रमुख सचिवलाई नै दिइएको छ ।
कोशी चिकित्सा विज्ञान प्रतिष्ठान विधेयक २०७५ को मस्यौदा बनाउनको लागि शैद्धान्तिक सहमति मन्त्री परिषदको बैठकले दिएको छ । प्रदेश स्वयम् सेवक परिचालन कार्यविधि २०७५ को मस्यौदालाई स्वीकृत प्रदान गर्ने निर्णय पनि मन्त्री परिषदको बैठकले गरेको छ । पहिला संघीय सरकारले योजना आयोग अन्तर्गत रहने गरी स्वयम सेवक परिचालन गर्ने व्यवस्था गरेको थियो । अहिले त्यो ब्यवस्था सहित यस क्षेत्रमा आबस्यक पर्ने स्वयम सेवक संघीय सरकारले हस्तान्तरण गरेपछि प्रदेश सरकारले सो बिधेयक स्वीकृत गरेको हो ।
संघीय सरकारमा २ वर्षको लागि नियुक्ती गरेका, तलब भत्ता तथा सुविधा दिएका व्यक्तिहरु जसले केही न केही सुविधा लिएका व्यक्तिहरुको ब्यवस्थापन गर्नको लागि प्रदेश स्वयम् सेवक परिचालन कार्यविधि २०७५ को मस्यौदालाई स्वीकृत प्रदान गरिएको सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी दिए ।
भौतिक पूर्वाधार मन्त्रालय अन्तरगतको ग्रामिण सडक सञ्जाल सुधार आयोजना प्रदेश सरकार माताहतमा ल्याईएको छ । संघीय सरकारले हस्तान्तरण गरे लगतै प्रदेश सरकारले आफ्नो माताहतमा ल्याउने निर्णय गरेको हो । अहिले दमकमा कार्यालय रहेको आयोजनाको कार्यालय भने सोही स्थानमा नै राख्ने प्रदेश सरकारले जनाएको छ ।
बुधबार बसेको मन्त्री परिषदको बैठकले मुख्यमन्त्रीको बैंककदेखि अमेरिकासम्मको भ्रमण स्वीकृत गरेको छ ।
मुख्यमन्त्री शेरधन राई बिहीबार काठमाडौं जाने र १६ गते पछि बैंकक जाने कार्यक्रम रहेको छ । १६ गते बैंककमा ३ दिने उपचार पछि उहाँ उतैबाट अमेरिका जाने कार्यक्रम तय भएको कार्कीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।