इङ्ल्यान्डका तीव्र गतिका बलर आर्चरले भारतमा हुने विश्व कप गुमाउने

 साउन ३२, २०८० बिहीबार १२:३९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले आउँदो अक्टोबर/नोभेम्बरमा हुने एकदिवसीय विश्व कप गुमाउने भएका छन् ।

इङ्ल्यान्डका छनोटकर्ता ल्युक राइटले आर्चर भारतमा हुने विश्व कपमा वैकल्पिक खेलाडीको रुपमा रहने जनाएका छन् ।

इङ्ल्यान्डलाई सन् २०१९ को एकदिवसीय विश्व कप उपाधि जिताउन आर्चरले शानदार प्रदर्शन गरेका थिए । आर्चर लामो समयपछि गएको जुनमा टोलीमा फर्किएका थिए । दायाँ हातको कुइनोमा चोट लागेपछि उनी डेढ वर्ष मैदान बाहिर थिए ।

आर्चरले गएको मार्चमा बङ्गलादेशसँगको एकदिवसीय र टी–२० शृङ्खला खेलेका थिए । 
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया