इंलिस प्रिमियर फुटबलमा आज पाँच वटा खेल हुँदै
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – सङ्खुवासभा कारागारबाट भाग्न खोज्ने दुई जना कैदीलाई कारागारभित्रै यातना दिएर हत्या गरेपछि मात्रै बिहान अस्पताल पुर्याइएकाे मानव अधिकारवादी सङ्घ–संस्थाहरूले दाबी गरेका छन् ।
अघिल्लो बुधवार कारागारबाट भाग्न खोजेका दुई जना कैदीको कुटपिटबाट घाइते भएपछि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भनिएको थियो । यो घटनाबारे विभिन्न सरकारी टोलीले छानबिन गरिरहेका छन् ।
सङ्खुवासभाकै मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटकाे ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु प्रकरणमा कारागार प्रशासन तथा प्रहरीहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । सरकारी पक्षबाट गठित समितिहरूले छानबिन प्रतिवेदन प्रकाशन गर्नु अगाडि नै अधिकारवादी संस्थाहरूले स्थलगत अध्ययनपछि आफ्नो निष्कर्ष सार्वजनिक गरेका हुन् ।
इन्सेक कोशी प्रदेशका संयोजक सोमराज थापाले आज बिहीवार विराटनगरमा भएकाे पत्रकार सम्मेलनमा दुई कैदीलाई पाशविक रूपमा कुटपिट गरेर हत्या गरेको बताउनुभयो । उनीहरूमाथि रड, लाठी प्रहार भएको अधिकारकर्मीहरूको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।